कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्ईसीयू सेवा शुरु भएको छ ।
प्रतिष्ठानले आफ्नो गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ । ‘हामीले सयौं बिरामी आईसीयू अभावका कारण जुम्लाबाट बाहिर पठाउने गछौं, धेरै बिरामी बाहिर जानबाट रोक्न तथा सेवा सुविधाका लागि आईसीयू सेवा शुरु गरेका छौं’, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
रजिष्ट्रार काफ्लेका अनुसार अब विशेष प्रकारका बिरामीलाई आईसीयू अभावमा रिफर गर्नुपर्ने अवस्था छैन् । धेरै जनशक्ति आवश्यक पर्ने र धेरै महंगा उपकरण आवश्यक रहने आईसीयूको तयारी भईसकेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी प्रतिष्ठानको आफ्नै ब्लड बैंक, सिटीस्क्यान सेवा पनि मंसिर महिनामा शुरु हुने भएको छ । अब प्रतिष्ठानले ल्याबका सम्पूर्ण परीक्षण पनि यही गर्ने दाबी गरेको छ । ल्याबका सम्पूर्ण सामग्रीहरु आइसकेका प्रतिष्ठानले जानकारी दिएको छ ।
आईसीयू नहुँदा धेरै बिरामीहरु नेपालगञ्ज र काठमाडौं रिफर गर्नुपर्ने समस्या भइरहेको थियो । प्रतिष्ठानले पछिल्लो समयमा विभिन्न प्रकारका विशेषज्ञ स्वास्थ्य सेवाहरु समेत शुरु गरिरहेको छ ।
वि.सं २०६८ सालमा तत्कालीन सांसद तथा अहिलेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान स्थापनाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन टेबुल गर्नुभएको थियो ।
ऐन पारित भएर प्रतिष्ठानको स्थापनापछि पछिल्लो समयमा प्रतिष्ठानले कर्णाली प्रदेशसहित १३ जिल्लाको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएको छ ।
प्रतिष्ठानले ३ सय शैया अस्पताल निर्माण गरी स्वास्थ्य सेवामा मेजर शल्यक्रियादेखि विभिन्न प्रकारका सेवाहरु निरन्तर विस्तार गरिरहेको छ भने स्वास्थ्य शिक्षामा स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, मिडवाफ्री अध्ययन गर्नुका साथै वीपीएच, एमडीजीपी र एमवीवीएस (डाक्टर) अध्ययन गराउन तयारी भइरहेको छ ।
यसैगरी प्रतिष्ठानले कर्णाली तथा पिछडिएको क्षेत्रको स्वास्थ्य अनुसन्धानको समेत काम गरिरहेको कर्णाली प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य संरचना हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।