११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु 'पेन डाउन' मा, सेवा प्रभावित

 असोज २४, २०८० बुधबार १३:५०:० | भावुक योगी
unn.prixa.net

बर्दिया - एकीकृत निजामती सेवा ऐनसहित ११ बुँदे माग राखेर बर्दियामा पालिकाका कर्मचारीले पेन डाउन गरी आन्दोलन गरेका छन् ।

आज कर्मचारीहरुले पेन डाउन गरी पालिकाको मुख्य ढोकामा धर्ना दिएका हुन् । अत्यावश्यक सेवाबाहेकका अरु सबै सेवा बन्द गरी पेन डाउन गरिएको पालिका कर्मचारी आन्दोलन सङ्घर्ष समिति बर्दियाका सह–संयोजक तपेन्द्रराज जोशीले बताउनुभयो ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र पालिकाका कर्मचारीलाई समेत समेटिनुपर्ने लगायतका माग राखेर पालिकाका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया