सिप्रदियन सहायताद्वारा काठमाण्डाै उपत्यकाका १५ प्रमुख ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

 असोज २८, २०८० आइतबार २०:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाण्डाै उपत्यकाका १५ प्रमुख ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।

दशैँ मनाउन उपत्यका छोड्ने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाण्डाैमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चावहिल, तिलगङ्गा, बाफल, कलङ्की, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुङ्गा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको सङ्ख्या अधिक बढ्ने देखिएको छ, त्यसैले यात्रुलाई टिकट बुकिङका क्रममा समस्या र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ । उपभोक्ता सङ्घ तथा महानगरीय
ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ ।

यात्रु आवतजावतका क्रममा यात्रुलाई सुरक्षासम्बन्धी सु–सूचित गर्नका लागि यात्रु सहायता कक्षले 'मनिटरिङ' गर्ने छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया