इन्डाेनेसियामा ज्वालामुखी विस्फाेट, ११ जनाकाे ज्यान गयाे

 मंसिर १८, २०८० सोमबार १४:३६:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ । मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले जनाएको छ ।

याे घटनामा १२ जना हराइरहेका छन् । फेरि अर्को सानो विस्फोट भएकोले अहिले खोजी कार्य रोकिएको छ । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेकामा बाँकीको उद्धार गरिसकेको इन्डोनेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्डोनेसियामा रहेका एक सय २७ वटा सक्रिय ज्वालामुखीमध्ये मारापी पर्वतमा विस्फोट भएको हो । विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेकाे छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया