बलिउड अभिनेता जुनियर महमूदको ६७ वर्षको उमेरमा निधन

 मंसिर २२, २०८० शुक्रबार १५:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए ।

महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया