इराकमा रहेको हवाई शिविरमा क्षेप्यास्त्र आक्रमण, केही अमेरिकी सैनिक घाइते

 माघ ७, २०८० आइतबार १२:४७:५६ | एजेन्सी
unn.prixa.net

इराकमा रहेको एउटा हवाई शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएका छन् । हवाई प्रतिरक्षा प्रणालीले कयौँ ब्यालिस्टिक क्षेप्यास्त्र र रकेटहरू नष्ट गरे पनि केही क्षेप्यास्त्र शिविरमा खस्दा सैनिकहरु घाइते भएका अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गाजा युद्ध शुरु भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकुहरूले आक्रमण गर्ने क्रम बढेको छ । अमेरिकी सेनाको मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाई बेसलाई इरान समर्थित लडाकुहरूले आक्रमण गरेको जनाएको छ ।

आक्रमणको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ । यो समूह गएको वर्ष अस्तित्वमा आएको हो । इजरायल–गाजाको युद्ध प्रभावले मध्यपूर्वमा आक्रमणको दर बढ्दै गएको छ ।     
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया