दीपेन्द्रले यूएईकाे टी–२० लिग खेल्ने

 माघ २५, २०८० बिहिबार १५:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको प्रतिष्ठित ‘इन्टरनेशनल लिग टी–२०’ क्रिकेट खेल्ने भएका छन् ।

दीपेन्द्रलाई यूएईको गल्फ जायन्ट्सले आबद्ध गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । घरेलु मैदानमा भइरहेको क्यानडासँगको एकदिवसीय क्रिकेट शृङ्खलामा दीपेन्द्र टोलीमा छैनन् ।

उनलाई आबद्ध गरेको गल्फ जायन्ट्ले प्रतियोगिताको समूह चरणमा २ वटा खेल खेल्न बाँकी छ । गल्फ जायन्ट्स ८ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष ४ टोली प्लेअफमा पुग्नेछ ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिग खेलिसकेका छन् । उनी आबद्ध मनट्रेल टाइगर्सले गएको संस्करणको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया