अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ११ रनले हरायाे

 माघ २६, २०८० शुक्रबार १८:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा घरेलु टाेली अस्ट्रेलिया विजयी भएकाे छ । हाेबार्टमा आज भएकाे खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ११ रनले हरायाे ।

अस्ट्रेलियाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ब्रान्डन किङले ५३, जोनसान चार्ल्सले ४२, जेसन होल्डरले नट आउट ३४ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो । अस्ट्रेलियाका डेभिड वार्नरले ७० रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेलले ३ विकेट लिए । वार्नरको यो १०० औँ टी–२० खेल हो । उनी क्रिकेटको ३ वटै फर्म्याटमा १०० औँ खेल खेल्ने पहिलो अस्ट्रेलियाली ब्याटर बनेका छन् । यसअघि न्युजिल्यान्डका रस टेलर र भारतका विराट कोहलीले यो उपलब्धि हासिल गरेका थिए ।

३ खेलको टी–२० शृङ्खलाको दोस्रो खेल पर्सि आइतवार र अन्तिम खेल मङ्गलवार हुनेछ । यसअघि भएको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले ‘क्लिन स्वीप’ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया