युक्रेनले गएकाे वर्ष हतियार उत्पादन तीन गुनाले बढायाे, रक्षा क्षेत्रमा ५ सय वटा कम्पनीले काम गर्दै

 फागुन १३, २०८० आइतबार १८:२५:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनले गएको वर्ष हतियार उत्पादन तीन गुनाले बढाएको जनाएको छ । अहिले देशको रक्षा क्षेत्रमा पाँच सय वटा कम्पनीले काम गरिरहेका किभका रणनीतिक उद्योगमन्त्रीले बताएका रोयटर्सले जनाएको छ ।

उद्योगमन्त्री ओलेक्सान्डर कामिसिनले आज किभमा भएको एक कार्यक्रममा अहिले राज्यका एक सय र चार सय वटा निजी कम्पनीले काम गरिरहेको तथा यस वर्ष गोला बारुदको उत्पादन उल्लेख्य मात्रामा बढाउने योजना बनाएको बताउनुभयो ।

रुससँग युद्ध शुरु भएको दुई वर्ष पुगिसक्दा युक्रेनले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने उपायहरू खोजिरहेको छ । साथै युक्रेनले स्वदेशी हतियार उत्पादन र नवीनता बढाउँदै लगेको खबरमा उल्लेख छ ।

यस्तै अर्कै कार्यक्रममा युक्रेनका प्रविधिमन्त्री मायखाइलो फेडोरोभले रुसी सेनाविरुद्धको युद्धमा प्रयोग गरिएको मध्ये ९० प्रतिशत ड्रोन देशमै बनेका बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया