धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा मुख्य चाडपर्व दशैँ, तिहार र छठको समयमा ३९ हजार एक सय १७ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दशैँको घटस्थापनादेखि हिजो बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो ।
कारबाहीमा परेका ३९ हजारमध्ये तीन हजार तीन सय ५० जना जाँडरक्सी खाएर गाडी चलाउने रहेका कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
त्यस्तै लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्र गतिमा गाडी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जना रहेका छन् ।
प्रवक्ता चतुर्वेदीका अनुसार दशैँ, तिहार र छठ पर्वको समयमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा ११ जनाको ज्यान गएको छ । ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका छन् ।
यसपटक उपत्यका प्रहरीले काठमाण्डौमा पाँच हजारभन्दा धेरै प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो । त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित भएका थिए । १८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।