एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
पर्सा - वीरगञ्ज महानगरपालिकाले जग्गाको स्वामित्व देखाएपछि नेपाली कांग्रेसले वीरगञ्जमा स्थापना गर्न लागेको जीपी कोइराला फाउन्डेशनको उद्घाटन कार्यक्रम सारेको छ ।
कांग्रेसले फागुन ४ गते वीरगञ्ज वडा नम्वर १० मा पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा निर्माण गरेको भनिएको जीपी कोइराला फाउन्डेसनको उद्घाटन कार्यक्रम तय गरेको थियो ।
तर महानगरले फाउण्डेसन बनाइएको भनेको जग्गा आफ्नो स्वामित्वको रहेको भन्दै त्यस ठाउँमा कुनै पनि कार्यक्रम नगर्न भनेपछि कांग्रेसले कार्यक्रम स्थल सारेको हो ।
फाउण्डेशनको उद्घाटन कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला तथा फाउण्डेशनको केन्द्रीय अध्यक्षसमेत रहनुभएकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला आउनुहुने कांग्रेस पर्साले जनाएको छ ।
महानगरको स्वामित्वमा रहेको जग्गामा पार्टीका शीर्षस्थ नेताहरुलाई बोलाएर उद्घाटन गर्ने कार्यक्रम तय गरिनुले नेताहरुलाई समेत विवादमा पार्ने भन्दै महानगरले उक्त स्थानमा कुनै पनि कार्यक्रम नगर्न कांग्रेस पर्सा र फाउन्डेशनलाई छुट्टाछुट्टै पत्र पठाएको थियो ।
कांग्रेस पर्साको बुधबार बसेको बैठकले कार्यक्रम स्थल सारेरै भए पनि फागुन ४ गतेका लागि तोकिएको कार्यक्रम भने स्थगित नगर्ने निर्णय गरेको छ । फाउण्डेशनको उद्घाटन कार्यक्रम अब आदर्शनगरस्थित पशुपति आदर्श स्कुल बाल मन्दिरको प्राङ्गणमा गरिने कांग्रेस पर्साले जनाएको छ ।
जी पी कोइराला फाउन्डेशनको नाममा निर्माण भएको भवन रहेको एक कट्ठा जग्गा महानगरपालिकाको स्वामित्वमा रहेको भन्दै महानगरपालिकाको स्वीकृतिबिना जग्गा उपयोग गर्ने अधिकार कुनै पनि संघसस्था तथा व्यक्तिलाई नहुने भन्दै कार्यक्रम नगर्न पत्राचार गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।