एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रियसभाका सदस्यहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य कालिबहादुर मल्लले सिंहदरबारभित्रका ग्यालरी बैठकमा टुटेफुटेका सामानहरु थुपार्ने काम गरिएको भन्दै त्यसको सही व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सिंहदरबारभित्र राखिएका बिग्रिएका सवारीसाधनको पनि तत्काल सही व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको बीस वर्ष पछि सिंहदरबार बाहिर बस्ने र सिंहदरबारभित्र डम्पिङ साइट हुने देखिन्छ ।
यसकारण सम्बन्धित पक्षको ध्यानाकर्षण होस् ।’ उहाँले देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा दूरदराजका सर्वसाधारणलाई असहज भएको भन्दै सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कडा सुरक्षा जाँचका साथै नागरिकता वा परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश गर्न सक्ने गरी व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । दुर्गम क्षेत्र विकास आयोजना अन्तर्गतका अलपत्र परेका योजनाहरुको जिम्मा लिई पूरा गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।