एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
दाङ – प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिनुभएको छ । स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो ।
प्रदेश ५ भित्र पर्ने तराईका ६ जिल्लामा राजमार्ग केन्द्रित सरसफाई गरिएको हो । प्रदेश ५ सभा स्थापना भएको दिवसको अवसरमा राजमार्ग केन्द्रित सरसफाई अभियान थालिएको हो । राजमार्गको दाङ खण्डमा स्थानीय पालिकासँगको सहकार्यमा सरसफाई गरिएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा पूर्वमा दाउन्नेदेखि पश्चिममा चिसापानी कर्णाली सम्मको राजमार्ग सफा गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सफा गर्नु भयो, भने अन्य मन्त्री र सांसदहरु राजमार्गको विभिन्न ठाउँमा पुग्नु भएको छ ।
लमहीमा सामाजिक विकास मन्त्री शुदर्शन बराल, कोहलपुरमा कानुन मन्त्री कुलप्रसाद केसीले राजमार्गमा सफा गर्नु भएको छ । प्रदेश स्थापना दिवसमा फागुन २, ३ र ४ गते विशेष कार्यक्रम राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।