एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
भक्तपुर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले देशलाई समृद्ध बनाउनका लागि व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनु भएको छ ।
सानोठिमीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३१ औं वार्षिकोत्सवको उद्घाटनमा आइतबार बोल्दै उहाँले सबै स्थानीय तहमा व्यावसायिक र प्राविधिक शिक्षा पुर्याउने तयारी सरकारकाले गरिरहेको बताउनु भयो ।
देशलाई समृद्धि बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहने चर्चा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘सरकारले आगामी दुईवर्षभित्रमा देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पर्याउने कार्य गरिरहेको छ, देशलाई समृद्धि बनाउनका लागि सीटीइभीटीका भूमिका महत्वपूर्ण रहेको छ ।’
शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने औल्याउदै उहाँले निजी शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सेवामुखी बन्न निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले सरकारले निर्माण गर्न शिक्षा ऐनले सीटीइभीटीको मर्ममा कुनै कमी हुन नदिएको दावी गर्दै सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सीटीईभीटीको भूमिका सधै सराहनीय हुने बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले देशमा आवश्यक दक्ष जनशक्ति पूर्ति गर्न सीटीईभीटीको उच्च योगदान रहँदै आएको चर्चा गर्दै सरकारको लक्ष्यलाई कार्यान्वयन गराउनका लागि सीटीईभीटी सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सीटीईभीटीका सदस्य सचिब डा.पुष्परमण वाग्लेले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसंग जोड्नुपर्नेमा जोड दिँदै उत्पादित जनशक्तिले राम्रो आयमूलक रोजगारी पाउँदै आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।