झकिझकाउ रथसहित देश दाैडाहामा निस्कियाे राप्रपा

 फागुन १३, २०७५ सोमबार १४:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु सिँगारिएका रथ र विभिन्न सम्प्रदायका झाँकीसहित ताप्लेजुङ प्रस्थान गरेका छन् ।

काठमाण्डौको नयाँ बानेश्वरमा अध्यक्ष कमल थापाले सिँगारिएका रथ र सवारी साधनमा पार्टीको झण्डा राख्दै अभियानमा संलग्न कार्यकर्ताको बिदाइ गर्नुभएको हो ।

स्वाभिमान यात्राका लागि ताप्लेजुङ जान लागिएका रथहरुमा गाई, स्वयम्भू र पृथ्वीनारायण शाहको मुर्ति राखिएको छ । गाई राखिएको सिंगारिएको रथ पहिलो , स्वयम्भूनाथको मुर्ति राखिएको रथ दोश्रो र तेश्रोमा पृथ्वीनारायण शाहको मुर्ति राखिएको रथ पछि  विभिन्न धर्म र सम्प्रदायको पहिचान झल्किने झाँकीसहितका सवारीसाधनको लस्करकासाथ राप्रपाका कार्यकर्ता काठमाण्डाैबाट औपचारिक रुपमा बिदा भइ यात्रामा निस्किएका हुन् ।

स्वाभिमान यात्रामा प्रयोग गर्ने गरी राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्बसहितका कयौ सामाग्रीहरु तयार पारिएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमि तयार पार्नकालागि मेची महाकाली यात्रा गर्न लागिएको स्पष्ट पार्नुभयो ।

राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दे छ । सुदूर पूर्वदेखि तराईका विभिन्न जिल्ला हुदै सुदूर पश्चिमसम्म पुगेर फागुन ३० मा काठमाण्डौमा फर्केर यात्रा समापन हुने राप्रपाले जनाएको छ ।

२ हजार ८ सय १० किलोमिटर दूरी यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिने पनि राप्रपाले जनाएको छ ।

 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया