एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
रसुवा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको बताउनुभएको छ ।
नयाँ शक्ति नेपाल रसुवाको कांग्रेसमा एकता कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारलाई वर्तमान सरकारले हस्तक्षेप गरेको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको अधिकारमाथि पञ्चायतको जस्तो व्यवहार भएको भन्दै उहाँले यसको विरुद्धमा उत्रन सबैलाई आग्रह गर्नुभयो । चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उहाँको भनाइ छ ।
रसुवाबाट सुरु भएको कांग्रेस प्रवेशको अभियानले देशव्यापी रुपमा कांग्रेसको माहोल छाएको भन्दै उहाँले अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो । कांग्रेसलाई खुला हृदयको पार्टी निर्माण गर्न चाहेको उहाँको भनाइ थियो ।
त्यस अवसरमा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।
तस्बिर - भरत तिवारीकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।