कोरम नपुगेपछि संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित

 फागुन १४, २०७५ मंगलबार १५:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । 

सिंहदरबारमा मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो । मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौधरीको सुनुवाइका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदहरु उपस्थित नभएका कारण स्थगित गरिएको छ ।

यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरुको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन ।

समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९ जना सांसद रहेका छन । समितिको बैठकमा कोरम पुग्न ८ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्नेछ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया