सरकारले किसानहरुलाई परिचय पत्र वितरण गर्ने

 फागुन १४, २०७५ मंगलबार १७:२:१८ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले किसानहरुलाई पनि परिचय पत्र वितरण गर्ने योजना अघि सारेको छ । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि उत्पादन बढाउन आवश्यक सहुलियतको व्यवस्था गर्नेगरी किसानहरुलाई आउँदाे आर्थिक वर्षबाट परिचय पत्र वितरण गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।

मंगलबार संघीय संसदको राष्ट्रिय सभाको बैठकमा सांसदहरुसँगको ‘प्रश्नोत्तर’ कार्यक्रमका बोल्दै उहाँले दूध पोख्नु नपर्ने र तरकारी खेतीमा डोजर लगाउने अवस्था आउन नदिन सरकारले अल्पकालीन र दीर्घकालीन योजना तय गरेको दावी पनि गर्नुभयो ।

मन्त्री खनालले पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य पूरा गर्न सरकारले प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले कृषि उत्पादनलाई दोब्बर बनाउने सरकारको नीति तथा कार्यक्रम अनुसार किसानहरुलाई अनुदान, बीउ, मल, सिँचाईलगायतका सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिएकोस्पष्ट पार्नुभयो ।

बैठकमा सांसदहरु राधेश्याम अधिकारी, तारादेवी भट्ट, रामनारायण बिडारी, विमला पौडेल राई, बद्री पाण्डे, अनिता देवकोटा, कमला कुमारी ओलीले कृषि उत्पादनलाई दोब्बर बनाउने र यसको निर्यात व्यापारलाई बढाउन सरकारको आवश्यक योजना के छ ? भनी मन्त्री खनाललाई प्रश्न गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया