साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बाँके – शिक्षामा पछि परेको बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई उच्च शिक्षामा आकर्षित गर्न साइकल सहयाेग गरेकाे छ ।
गाउँपालिकाले विद्यालय आउन प्रेरणा मिलाेस् भनेर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल सहयोग गरेको हाे ।
नरैनापुर गाउँपालिका मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको स्थानीय तह हो । प्रदेश नम्बर ५ कै पिछडिएको क्षेत्रको रुपमा रहेको यस गाउँपालिकाका अभिभावकहरुमा शिक्षाप्रतिको सचेतना कमजोर भएका कारण यस्ताे प्रोत्साहन गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।
गाउँपालिकाभरी एउटा पनि उच्च माध्यमिक विद्यालय र क्याम्पस नभएका कारण विद्यार्थीहरु उच्च शिक्षाका लागि सीमावर्ती भारतीय बजार वा फत्तेपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । शिक्षकहरुका अनुसार,विद्यालयमा विद्यार्थीको उपस्थिति समेत न्यून हुने गरेको छ ।
गाउँपालिकामा रहेका तीनवटा माविमा यसै वर्ष ५५ जना छात्रालाई साइकल वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । शनिबार पहिलोपटक महेन्द्र मावि मटैयाका २४ जना छात्रालाई साइकल हस्तान्तरण गरिएको छ । कक्षा ९ र १० मा अध्ययन गर्ने सम्पूर्ण छात्रालाई साइकल सहयोग गरिएको हो ।
यसैगरी आदर्श मावि लक्ष्मणपुरका कक्षा ८,९ र १० मा अध्ययनरत छात्रा तथा जयकिसन मावि भोजपुरमा कक्षा १० मा अध्ययन गर्ने सम्पूर्ण छात्राहरुलाई साइकल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।