सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
अस्ट्रेलिया – अस्ट्रेलियाकाे तटीय क्षेत्रका हजारौँ नागरिक आगलागीबाट बच्न समुद्रको किनारमा पुगेका छन् ।
मंगलबार बिहान भिक्टोरियाको शहर मल्लकोटामा रहेको मानवबस्तीतिर आगो फैलन थालेपछि ज्यान जोगाउन भन्दै नागरिक समुद्री किनारमा पुगेकाे अन्तरराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
भिक्टोरियामा खाना, पानी र अरु सामाग्री पुर्याउन जलसेनाकाे जहाज बोलाउने तयारी भैरहेको खबरमा उल्लेख छ । यस्तै सिड्नी र मेलबर्न जोड्ने सडक पनि आगलागीका कारण बन्द भएका छन् ।
अहिलेसम्म आगलागीमा परेर १० जनाको ज्यान गएको छ भने ७ जना सम्पर्कविहीन भएका छन् । साेमबार न्यु साउथ वेल्समा आगो निभाउने क्रममा एक जना स्वयंसेवक अग्नी नियन्त्रकको ज्यान गएपछि सेप्टेम्बर यता आगलागीमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको हो ।
अहिले पश्चिमी सिड्नीको ठूलो भूभागसहित देशका सयभन्दा धेरै ठाउँमा लागेको आगोका कारण देशभरि नै तापक्रम बढिरहेको छ । केही महिनादेखि अस्ट्रेलियाकाे जङ्गलमा लागेकाे आगाे लु र तीव्र गतिकाे हावाकाे कारण झन् फैलिएकाे छ ।
अस्ट्रेलियामा जङ्गलमा लागेकाे आगाे समुद्रकाे किनारमा बसेकाे लोकप्रिय पर्यटक शहर मल्लकाेटसम्म पुग्दा त्यहाँ बिदा मनाउन आएका हजाराैँ पर्यटक र स्थानीय फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार आगलागीबाट मल्लकाेटमा मात्र चार हजार मानिस फसेका छन् ।
अधिकारीहरुले कैयाैँ दिनदेखि अस्ट्रेलियामा बिदा मनाइरहेका तीस हजार पर्यटकलाई इलाका खाली गर्न चेतावनी दिइरहेका छन् । यतिखेर अस्ट्रेलियाका धेरै इलाका आगलागीकाे चपेटामा परेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।