भ्रमण वर्ष २०२० काे भव्य उद्घाटन : कतै पुष्पवृष्टि, कतै आतिसबाजी

 पुष १७, २०७६ बिहीबार ६:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भयाे । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे ।

यस बाहेका नेपाल भ्रमण वर्ष शुभारम्भ भएकाे अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समाराेहहरु आयाेजना गरिए ।

यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ । 

विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ । झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नाका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगायतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो ।

ईलाम सदरमुकाममा पाँच वटा होटलले भ्रमण वर्ष शुरुवातको अवसरमा एक रुपैयाँमा बास बस्ने व्यवस्था गरेका छन् । यस्तै, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजदेखि शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ कार्यक्रममा मेयर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, नेपा घुम्न आएका विदेशी पर्यटकले नेपाल घुम्नैपर्ने देश रहेको बताएका छन्  । 

भ्रमण वर्ष २०२० तथा ‘घुम्न जाउँ बर्दिया’ को बुधबार बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरद्वारामा औपचारिकरुपमा उद्घाटन गर्नुभयो । 

तस्बिर : भावुक याेगी

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया