पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - राष्ट्रियसभा सदस्य चुनावमा ९९ प्रतिशतभन्दा बढी मत खसेकोे छ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि बिहान १० बजेदेखि ४ बजेसम्म भएको मतदानमा ९९ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेश २ मा शतप्रतिशत मत खसेको छ । यस्तै गण्डकी र कर्णाली प्रदेशका सबै प्रदेश सांसदले मतदान गर्दा गण्डकी प्रदेशको स्थानीय तहतर्फ ९८.८२ प्रतिशत मत खसेको छ भने कर्णाली प्रदेशमा ९८.१० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
बाग्मती प्रदेशमा प्रदेश सभामा ९८.१८ प्रशित मत खस्दा स्थानीय तह तहतर्फ ९९.१६ प्रतिशत मत खसेको छ । त्यस्तै, पाँच नम्बर प्रदेशको प्रदेश सभामा ९८.८५ प्रतिशत र स्थानीय तर्फ ९९.५४ प्रतिशत मत खसेको छ ।
एक नम्बर प्रदेशको स्थानीय तहमा ९९.२७ र प्रदेश सभामा ९८.९२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा ९८.११ प्रतिशत मत खस्दा स्थानीय तहमा ९९.४३ प्रतिशत मत खसेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।