च्याम्पियन्स ट्रफी : पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्या...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ - अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्र्यााटिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि मतदान गर्नेछन् ।
रिपब्लिकन पार्टीकातर्फबाट अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का जस्तै छ ।
तथापी रिपब्लिकनबाट उमेदवार बन्ने होडमा अझै ११ जना आकाँक्षी रहेका बीबीसीले जनाएको छ ।
डेमोक्र्यााटिक पार्टीका आकाँक्षीहरु पनि चुनाव प्रचारमा व्यस्त छन् । पछिल्ला सर्वेक्षणहरुमा डेमोक्र्यााटिक पार्टीमा बर्नी सान्डर्स अघि रहेको बीबीसीले जनाएको छ ।
सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाएका बर्नी यसपटक बलियो देखिएका छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि उम्मेदवार बन्ने होडमा छन् । उम्मेदवार चयनका लागि हुने मतदान आउँदो जुनसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।