इरानमा भइरहेकाे प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या ५० पुग्याे

 असोज ८, २०७९ शनिबार १३:१८:३४ | एजेन्सी
unn.prixa.net

इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबLच भएको पछिल्लो झडपमा परेर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

यसअघि १७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिराशतमै ज्यान गएको थियो । त्यसपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको हो ।

यो घटनालाई इरानमा भएका पछिल्ला आन्दोलनमध्ये एक ठूलो आन्दोलनका रूपमा हेरिएको छ । इरानले इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलन थप चर्किएको बीबीसीले जनाएको छ ।

झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् । एम्नेस्टी इन्टरनेसनलसहित मानवअधिकारवादी संघसंस्थाले प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको, अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको बताएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया