साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा दिने घोषणा भएको छ । नोबेल छनाेट समितिले क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेसलाई नाेबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि उनीहरूलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको नोबेल समितिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८१ वर्षका शार्पलेसले यसअघि २००१ मा पनि नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै धनराशी भएको पुरस्कार तीन जनाले बराबरी बाँड्ने छन् ।
गएको वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकले संयुक्तरूपमा प्राप्त गरेका थिए ।
भोलि बिहीवार साहित्यतर्फ र पर्सि शुक्रवार शान्तितर्फका नोबेल पुरस्कार विजेताका नाम घोषणा गरिनेछ । यस्तै आउँदो सोमवार अर्थशास्त्रतर्फका विजेताका नाम घोषणा गरिने कार्यक्रम छ । यसअघि भौतिकशास्त्र र चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कारको घोषणा भइसकेको छ ।
स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।