गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने अमेरिकी राष्ट्रपतिको घोषणा

 असोज २१, २०७९ शुक्रबार ११:३३:२४ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य अपराधमा माफी दिने घोषणा गर्नुभएको छ ।

एक भिडियो सन्देशमा राष्ट्रपति बाइडेनले देशको संघीय कारागारमा गाँजा सेवन र राखेको आरोपमा थुनिएका सबैलाई रिहा गर्ने घोषणा गर्नुभएको हो ।

यो घोषणाबाट गाँजासम्बन्धी अपराधमा सजाय भोगिरहेका झण्डै ६ हजार ५ सय व्यक्ति लाभान्वित हुने बीबीसीले जनाएको छ ।

बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै जेल हाल्नु उचित नहुने समेत बताउनुभएको छ ।

बाइडेनले गाँजाको अवैध खरिद–बिक्री, व्यापार र कम उमेरमा हुने बिक्रीमा आवश्यक प्रतिबन्ध भने कायमै रहने बताउनुभएको छ । 

अमेरिकामा गाँजासम्बन्धी मुद्दा चुनावी एजेण्डासमेत हुँदै आएको छ । यसअघिकाे राष्ट्रपति चुनावमा बाइडेनले यो निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया