रुकुम पश्चिममा १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी

 मंसिर ५, २०७९ सोमबार १०:२६:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुमपश्चिममा १० वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहेको छ । 

आइवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव पश्चात रुकुम पश्चिमका विभिन्न ठाउँमा  रहेका १ सय ३९ वटा मतदान केन्द्रमध्ये १० वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याउन बाँकी रहेको हो । 

आज बिहानसम्म एक सय २९ वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १३९ वटा केन्द्र मध्ये १ सय २९ वटा मतदानकेन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । 

जिल्लाका ६ वटै पालिकामध्ये आठबिसकोट नगरपालिका क्षेत्रका १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकी रहेकाे छ । आठबिसकोट नगरपालिका वडा नम्बर १ देखि ६ मा रहेका सबै मतपेटिका ल्याउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।  

६ वडाका ७ वटा मतदानस्थलमा रहेका १० केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको छ । भौगोलिक अवस्थाको कारण र सुरक्षासंवेदनशीलता समेतको कारण मतपेटिका ल्याउन समय लागेको उहाँको भनाइ छ । 
सोमवार दिउँसोसम्म बाँकी रहेको ठाउँको मतपेटिका एकैसाथ ल्याउने तयारी भइरहेको छ ।

सबै ठाउँका मतपत्र पुगेकाे र  आइपुगेपछि आजै बेलुकादेखि मतगणना सुरु गर्ने जनाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा तारजाली र सीसीक्यामेरा जडान गरेर तयारी अवस्थामा राखेको जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया