'च्याम्पियन्स ट्रफी' अघि अस्ट्रेलियालाई झड्का, स्टोइनिसले एकदिवसी...
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताउनुभएको छ ।
आज आइतवार बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताउनुभएको हो । उहाँले पछिल्लो समय विश्वका धेरैजसो देशमा बाह्य क्षेत्रको मन्दी देखिएको बताउनुभयो । गभर्नर अधिकारीले विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गर्नुभयो ।
विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै उहाँले नेपालमा पनि केही मिल्दा असरहरू देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताउनु भयो । गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि सङ्कुचित भएको बताउँदै सन् २०२३ मा झनै घटेर २ दशमलव ७ प्रतिशतमा सङ्कुचन आउने प्रक्षेपण रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विश्वको अर्थतन्त्र अहिले मन्दितर्फ गइरहेको छ । विश्व आर्थिक मन्दीमा गइराख्दा नेपालमा पनि यसका केही बाछिटाहरू आइरहेको पाइन्छ । यो वर्ष नेपाललाई चुनौती भनेकै मूल्य स्थिरता कायम गर्ने हो, बाह्य क्षेत्रको स्थिरता धेरै हदसम्म स्थिर हुँदै आएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।