‘अल इज वेल’ भन्दै करणको शोमा सहभागी भए अजय र काजोल

 कात्तिक ३०, २०७५ शुक्रबार ११:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

करण जोहरको शो ‘कफि विद करण’ उपस्थित हुने पाहुना तथा उनीहरुले दिने बयानका कारण चर्चामा आउने गर्छ । यस पटक बलिउडका रियल जोडी अजय देवगन र काजोल कफि विद करणको छैठौं सिजनको चर्चाको विषय बनेका छन् । 

यस पटकको शो मा अजय काजोलको जोडी उपस्थिति विशेष हुनुको पछाडीको कारण हो अजय काजोल र करण जोहरको सम्बन्ध । केही वर्ष अघि करण जोहर र अजय काजोलबीच विवाद भएको थियो । जसका कारण उनीहरुबीच बोलचाल समेत बन्द भएको थियो । तर अहिले फेरि करणको शोमा अजय र काजोल सहभागी भएपछि अब यिनीहरु बीचको विवाद सुल्झिएको प्रष्ट हुन्छ । 

नोभेम्बर १५ मा काजोल र अजय पहिलो पटक करण जोहरको शो ‘कफि विद करण’ मा सहभागी हुन गएका थिए । यस बारेमा काजोल स्वयमले शोका केही तस्बिरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले ‘अल इज वेल’ लेख्दै तस्बिर तथा केही झलक सार्वजनिक गरेकी हुन् । 

तस्बिरमा अजय सुटबुटमा सजिएका छन् भने काजोल कालो रंगको पहिरनमा निकै सुन्दर देखिएकी छिन् । करण जोहर र काजोल एक–अर्कालाई बेस्टफ्रेण्ड भन्ने गर्थे । तर अजय काजोलको फिल्म ‘शिवाय’ र करण जोहरको फिल्म ‘ए दिल हे मुस्किल’ को प्रदर्शन मिति जुधेपछि सम्बन्ध बिग्रिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया