सल्लेरीमा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गयाे, तीन जना घाइते

 साउन २७, २०८१ आइतबार १८:२४:२३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

साेलुखुम्बु – सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एक जना कर्मचारीको ज्यान गएको छ । अरू तीन जना घाइते भएका छन् ।

करेन्ट लागेर सल्लेरी च्याल्सा विद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङका अनुसार हिजो दिउँसो विद्युत् तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्लाअस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै करेन्ट लागेर घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रूपमा कार्यरत टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया