निर्मलाका बुवालाई उपचारका लागि काठमाडौं लगियो

 मंसिर ८, २०७५ शनिबार १७:३:४८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफूहरुलाई न्याय न्याय दिनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ ।

१४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको हो ।  निर्मला बलात्कारपछि हत्या भएको घटनापछि डिप्रशेनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारवणमा बस्नुपर्ने बताउँदै उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाव दिएका थिए ।

तर छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराजको मानसिक अवस्ता चिन्ताजनक भएपछि उहाँलाई उपचारका लागि काठमाडौं लगिएको श्रीमती दुर्गादेवी पन्तले बताउनुभयो ।

डिप्रेशनको समस्याले ग्रस्त यज्ञराजले चार–पाँच दिनमा अस्वाभाविक व्यवहार देखाउनुभएको थियो । रातभरी नसुत्ने, बर्बराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि  परिवारका सदस्य चिन्तित बनेका छन् । निर्मलाको बुवाको स्वास्थ्य अवस्था केही दिनयता नाजुक बन्दै गएकाले परिवारको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताउनुभयो ।

उहाँका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उहाँकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं जानुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया