बीपी राजमार्ग एकतर्फी सञ्चालन

 असोज ११, २०८१ शुक्रबार १२:३५:५३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काभ्रे – वर्षासँगै सडकमाथिबाट झरेको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । आज बिहान वर्षासँगै आएको लेदोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेकाे रोशी गाउँपालिका–८ चार सयबेँसीमा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भएकाे बताउनुभयो ।

वर्षा शुरू भएसँगै बीपी राजमार्गको चार सयबेँसी, माम्ती, कालढुङ्गालगायतका ठाउँमा आउने खहरे खोलाका कारण पटक–पटक घण्टौंसम्म राजमार्ग अवरुद्ध हुने गरेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया