आमिर खानले मागे माफी, किन फ्लप भयो ‘ठग्स अफ हिन्दुस्तान’ ?

 मंसिर ११, २०७५ मंगलबार १०:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

आमिर खानले चलचित्र ठग्स अफ हिन्दुस्तान फ्लप भएपछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । आमिर खानले सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ठग्स अफ हिन्दुस्तान दर्शकलाई मन परेन । म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु । हामी गलत साबित भयौं । हामीले पूरा कोसिस गरेका हौं । कतै न कतै हामी गलत साबित भयौं ।’

यद्यपी, कतिलाई ठग्स अफ हिन्दुस्तान मन पनि परेको थियो । आमिरले ती मानिसहरुलाई धन्यवाद दिँदै भने, ‘कतिलाई फिल्म मन परेको पनि छ उनीहरुलाई हामी धन्यवाद दिन्छौं । दर्शकले केही आशा लिएर मेरो फिल्म हेर्न आएका थिए । म ती दर्शकहरुसँग माफी माग्छु कि मैले उनीहरुलाई मनोरञ्जन दिलाउन सकिनँ ।’

बक्स अफिसमा ठग्स अफ हिन्दुस्तान

अमिताभ बच्चन, कट्रिना कैफ र आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ गएको नोभेम्बर ८ मा रिलिज भएको थियो । रिलिजपूर्व निकै चर्चामा रहेको चलचित्रको पहिलो दिनको कमाईले रेकर्ड बनायो ।

चलचित्रको पहिलो दिनको कूल कमाई २५ करोड भारु थियो । चलचित्रले पहिलो हप्तामा एक सय ३४ करोड भारु कमायो । दोस्रो हप्ता फिल्मको कमाई बढेर एक सय ४९ करोड भारुसम्म पुगेको थियो ।

आमिरको रेकर्ड 

सिक्रेट सुपरस्टार : २०१७ मा आएको यस चलचित्रमा जायरा वसीम मुख्य भूमिकामा थिए । जसमा आमिर खान सहकलाकार थिए । बिहीबार रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई ४.८० करोड भारतीय रुपैयाँ थियो । दोस्रो दिन यही फिल्मको कमाई ९.३० करोड भारतीय रुपैयाँ थियो ।

दंगल : २०१६ मा चार हजार स्क्रिनमा रिलिज भएको चलचित्र दंगलको पहिलो दिनको कमाई २९ करोड भारतीय रुपैयाँ रहेको थियो । 

पीके : २०१४ मा रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई २६ करोड भारतीय रुपैयाँ भएको थियो । 

धूम ३ : धूम सिरिजको तेस्रो चलचित्र २०१३ मा रिलिज भएको थियो । चलचित्रको पहिलो दिनको कमाई ३६ करोड भारतीय रुपैयाँ रहेको थियो । 

तलाश : सन् २०१२ मा रिलिज भएको यो चलचित्रको पहिलो दिनको कमाई करिब १३ करोड भारतीय रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Birendra Kumar mahto

    Nov. 27, 2018, 11:15 a.m.

    आमिर खानको सबभन्दा कमजोर फिलिम /

  •  0 Reply

तपाईको प्रतिक्रिया