प्रधानमन्त्री ओली बेइजिङबाट काठमाण्डौ आउँदै

 मंसिर २०, २०८१ बिहीबार १२:३४:२० | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बिहान बेइजिङबाट काठमाण्डौको लागि प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायले बिदाई गर्नुभयो ।

यसैबीच नेपाल र चीनबीचको सम्बन्धलाई  पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा चाइना कल्चरल सेन्टर (सीसीसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको छ ।

चीनको राष्ट्रिय ध्वजावाहक एअर चाइना, चाइना सदर्न एअरलाइन्स, चाइना इस्टर्न एअरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाण्डौले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सीसीसी कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताउनुभयो ।

उहाँले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिनुभएको थियो । 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया