इजरायल जान छनाेट भएका कामदारलाई स्वास्थ्य परीक्षण गराउन आग्रह, यी हुन् ताेकिएका अस्पताल

 पुष १२, २०८१ शुक्रबार १८:०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगार विभागले इजरायल जान छनाेट भएका कामदारलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ । इजरायल र नेपाल सरकारबीच भएको श्रम सम्झौतानुसार चिट्ठा प्रणालीबाट छनाेट भएका सहायक कामदार अर्थात् (केयर गिभर) लाई स्वास्थ्य परीक्षण गराउन विभागले सूचना निकालेर अनुरोध गरेको हो ।

यही पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका पाँच वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामङ्गल तोकिएका छन् ।

इजरायले नेपालबाट दुई हजार केयर गिभर लैजान लागेको छ । पहिलो चरणमा एक हजार जना र त्यसपछि बाँकी वैकल्पिकमा रहेका एक हजार जनालाई लैजाने तयारी छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया