अमेरिकामा उच्च भन्सार दर कार्यान्वयन ९० दिनका लागि स्थगित

 चैत २८, २०८१ बिहीबार ८:१७:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताउनुभएको छ । अब धेरै देशलाई ३ महिनाका लागि १० प्रतिशत शुल्कमात्र लागू हुने बीबीसीले जनाएको छ ।

ट्रम्पले कर नीतिमा लचकता देखाएको भन्दै विश्लेषकहरुले अमेरिकाले धेरै देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । तर चीनसँग भने व्यापार युद्ध बढ्ने खतरा कायमै रहेको उनीहरुको भनाइ छ ।

यसैबीच ट्रम्पले चीनमाथि अहिलेसम्मकै उच्च १२५ प्रतिशत भन्दा बढीको भन्सार करको घोषणा गर्नुभएको छ ।

नयाँ कर नीतिको घोषणासँगै ट्रम्पले चिनियाँ राष्ट्रपति सी जीनपीङसँग वार्तामा बस्ने तयारी पनि गर्नुभएको खबरमा उल्लेख छ ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अरु कुनै दोस्रो देशसँग अतिरिक्त करबारे निष्पक्ष सम्झौता गरिने बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया