डिजिटल शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री ओली

 फागुन २३, २०८१ शुक्रबार १७:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले डिजिटल शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आजको युग कृत्तिम बौद्धिकतायुक्त प्रविधि र सिर्जनशीलताको युग भएको उल्लेख गर्नुभयो । उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अर्बौं पुँजी विदेश पलायन हुनु अहिले मुख्य चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

आज प्रधानमन्त्री ओली सुर्खेत पुग्दा विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्मको सडक खाली गराइएको थियो । केहीबेर गाडी रोकिएकोमा स्थानीयबासिन्दाले विरोध समेत गरेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया