मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो
चैत २५, २०८१ सोमबार
काठमणडौ – दिपक मनाङे (राजीव गुरुङ) ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउ भनी गएको फागुन १२ मा निवेदन दिएका थिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख छ । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
मिलन गुरूङ ‘चक्रे’ लाई हात छिन्ने गरी खुडा प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई पाँच वर्ष कैद सजायको फैसला भएको थियो । यसअघि नै मनाङे दुई वर्ष आठ महिना जेल बसिसकेका थिए । उनीले दुई वर्ष चार महिना जेल बस्नुपर्नेमा २० प्रतिशत छुट पाउने भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे गएको कात्तिकमा काठमाण्डौको सानोभर्याङबाट पक्राउ परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।