अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी

 चैत ८, २०८१ शुक्रबार ६:३५:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ । उहाँले शिक्षा विभागलाई हटाउन शुरू गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सकेसम्म चाँडै बन्द गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । तर विभागलाई पूर्ण रूपमा खारेज गर्न कंग्रेसको सहयोग आवश्यक पर्छ ।

शिक्षा विभागले क्याम्पस र विश्वविद्यालयका विद्यार्थीहरूको लागि ऋण व्यवस्थापन गर्ने र कम आय भएका र अपाङ्गता भएका विद्यार्थीहरूको लागि सहयोग गर्दै आएको छ ।

राष्ट्रपतिको यो आदेशले सबै विद्यार्थीका लागि नतिजा सुधार गर्न अभिभावक, राज्य र समुदायलाई सशक्त बनाउने ह्वाइट हाउसले जनाएको छ । तर यो कदमले सबैभन्दा कमजोर विद्यार्थीहरूलाई समस्यामा पार्ने भन्दै ट्रम्पको आलोचना पनि भइरहेको छ ।

केही हप्ता अघिदेखि राष्ट्रपति ट्रम्पले शिक्षा मन्त्रालयका कर्मचारी कटौती गरिरहनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया