आठ महिनामा ४७ अर्ब ९४ करोड रुपैयाँको भटमास तेल निर्यात

 चैत ८, २०८१ शुक्रबार ९:४६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पछिल्लो केही महिनादेखि भटमासको तेल निर्यात बढेको छ । भारतमा भटमास तेलको निर्यात बढ्दा समग्र निर्यात व्यापार नै बढेको छ ।

नेपालबाट ८ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । यस अवधिमा भटमास तेल मात्रै ४७ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको हो । भारतले भटमास तेल आयातमा लाग्ने भन्सार घटाएपछि नेपालबाट निर्यात बढ्न थालेको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात व्यापार गएको आर्थिक अवधिको यसै अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालको आयात व्यापार पनि ११ दशमलव २ प्रतिशतले बढेको छ ।

आठ महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा डिजेल, कच्चा सोयाविन तेल, पेट्रोल, एलपीजी ग्याँस मुख्य रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया