आठ महिनामा १७ अर्ब ३९ करोड रुपैयाँको १४ हजार विद्युतीय गाडी आयात

 चैत ८, २०८१ शुक्रबार ९:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्ब ३९ करोड २१ लाख रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय गाडी (ईभी) आयात भएका छन् ।

गएको आर्थिक वर्षको यसै अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय गाडी आयात भएको थियो ।

विद्युतीय गाडी आयातबाट फागुनसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर  सङ्कलन भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार नेपालमा चीन र भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय गाडी आयात भएका छन् ।

आठ महिनासम्ममा सबैभन्दा बढी चीनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान तथा भारतबाट ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएको छ ।

यस्तै इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख ५६ हजार रुपैयाँको २४ थान, अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँको ५ थान विद्युतीय गाडी आयात भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया