नागढुङ्गा–नौबीसे सडक : मर्मत र विस्तारको काम चल्दै, तर उस्तै अ...
चैत १७, २०८१ आइतबार
झापा – चालू आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरका मालसामान आयात भएको छ । यस्तै २७ करोड ६८ लाख ५४ हजार रुपैयाँ बराबरको सामग्री नेपालबाट बङ्गलादेश निर्यात भएका छन् ।
काकँडभिट्टामा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री क्षेत्रका दानाजन्य सामग्री, हाइड्रोजन प्याराअक्साइड, विद्युतीय उपकरण, औषधि, आलुलगायतका सामग्री रहेका छन् ।
यसैबीच काँकडभिट्टाबाट सबैभन्दा धेरै २३ करोड ६२ लाख ५८ हजार रुपैयाँको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ ।
द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । लिमिटेडका प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने सुझाव दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।