प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

 चैत १७, २०८१ आइतबार १५:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाउनुभएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूलाई मात्र बोलाउने भन्दै राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपालाई भने बैठकमा नबोलाउनुभएको सचिवालयले जनाएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले पनि विपक्षी दलहरूको बैठकमा राप्रपालाई बोलाउनुभएको थिएन ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डसँग कुराकानी गर्नुभएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया