भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो
चैत २०, २०८१ बुधबार
अमेरिकी सहायता कोष रोकिँदा विश्वभरका मानवीय संस्था प्रभावित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गएको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आप्रवासीको हितविपरितका एजेन्डा अघि सार्दै र धेरैजसो अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्थाहरू प्रभावित भएका हुन् ।
आर्थिक सहायता कटौतीले झन्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले जनाएको छ । अमेरिका परम्परागत रूपमा यूएनएचसीआरको शीर्ष दाता हो र अमेरिकाले प्राप्त कुल योगदानको ४० प्रतिशत भन्दा बढी हिस्सा व्यहोर्ने गरेको थियो ।
युएनएचसीआरका जनस्वास्थ्य प्रमुख एलेन मैनाले सन् २०२५ सम्ममा, पर्याप्त स्रोत साधनको अभावमा अनुमानित ६३ लाख बालबालिकासहित एक करोड २८ लाख विस्थापित व्यक्ति स्वास्थ्य सहयोगबाट प्रभावित हुने बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । यसअघि सार्वजनिक स्वास्थ्य र पोषण कार्यक्रम प्रभावित हुँदा कुपोषण तथा मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढ्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।