सजिलो छैन विदेश बसाइ
चैत २६, २०८१ मंगलबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ ।
मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका तिलक बर्माले ५६ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे । बेङ्गलुरुका क्रुनाल पाण्ड्याले चार विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो।
बेङ्गलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ६४ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान दुई विकेट लिए ।
जीतसँगै बेङ्गलुरुले चार खेलबाट ६ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट २ अङ्क जोडेको मुम्बई आठौं स्थानमा छ ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स तथा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।