संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
बैशाख ८, २०८२ सोमबार
गणेश बेलबासेद्वारा निर्देशित चलचित्र ‘प्रेमनाथ’को सम्पादनको काम अन्तिम चरणमा पुगेको छ । सम्पादनको काम सकिएसँगै डबिङका लागि तयारी सुरु भएको निर्देशक बेलबासेले बताए । निर्देशक बेल्वासेले भने, ‘सम्पादनको काम अन्तिम चरणमा छ । त्यो सकिनेवित्तिकै डबिङमा जाने तयारीमा छौँ ।’
निर्देशक बेलबासेले यस अघि चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए । चलचित्रले अपेक्षाकृत व्यापार नगरे पनि सामान्य व्यापार गरेको थियो । चलचित्र ‘प्रेमनाथ’ले भने दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको निर्देशक बेलबासे बताउँछन् । पहिले भएका कमी कमजोरीहरुलाई पनि यस चलचित्रबाट भने सुधार गर्ने प्रयास गरिएको उनको दाबी छ । चलचित्रलाई नेपालसँगै भारतमा पनि एकैसाथ प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।
काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङलगायतका स्थानमा ‘प्रेमनाथ’को छायांकन गरिएको बताइएको छ । चलचित्रमा अनन्त घिमिरेको सम्पादन, भरत क्षेत्रीको द्वन्द्व, सुमीन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको छायांकन रहेको छ ।
चलचित्रमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत रहेको छ । चलचित्रका गीतमा राजेशपायल राई, भुपु पाण्डे, बेनुका राई, सूचीपन्थी, अञ्जली पटेल, चित्रवीर जिसीको स्वर सुन्न सकिन्छ ।
चलचित्र ‘प्रेमनाथ’मा राज थापा, कृति गौतम, मोनालिशा विष्ट, सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राई लगायतका कलाकारको अभिनय रहेको छ । कृति गौतम र मोनालिशा विष्टले चलचित्र ‘प्रेमनाथ’बाट चलचित्र नगरीमा डेब्यू गरेका छन् । चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद दवा हुन् ।
–उज्यालाे र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।