बलिउडका ती कलाकार जसले कसैलाई थाहै नदिई बिहे गरे

 पुस २, २०७५ सोमबार १३:१५:३० | एजेन्सी
unn.prixa.net

बलिउडमा यतिबेला एक पछि अर्को गर्दै अभिनेता तथा अभिनेत्रीहरुले विवाह गरिरहेका छन् । भर्खरै अभिनेता रणवीर सिंह र दीपिका पादुकोण, प्रियंका चोपडा र निक जोनस, कपिल शर्मा र गिन्नी चतराथले विवाह गरे । तर आज हामी बलिउडका ती कलाकारहरुको बारेमा चर्चा गर्दैछौं जसले गुपचुप रुपमा कसैलाई थाहै नदिइ विवाह गरेर मिडिया तथा फ्यानहरुलाई आश्चर्यचकित बनाए ।

अभिनेता जोेन अब्राहम र विपाशा बसुबीचको प्रेम सम्बन्धले बलिउड फिल्म उद्योगमा निकै चर्चा भयो । तर जोन अब्राहमको विवाहको कुरा भने कसैले थाहा पाएनन् । प्रिया रुचालका साथ जोन अब्राहमले विवाह गरेको खबर केही समयपछि मात्रै थाहा भयो । आजसम्म पनि अभिनेता जोन अब्राहम उनकी श्रीमती प्रिया रुचाललाई मिडिया बाट टाढा नै राख्ने गर्छन् ।

अभिनेता धमेन्द्र र हेमा मालिनी एकअर्काको प्रेमको सागरमा डुबेका थिए । तर धमेन्द्र एक विवाहित र २ सन्तानका पिता थिए । त्यसैले धमेन्द्रले इस्लाम धर्मलाई अपनाएर हेमा मालिनीका साथ गोप्य रुपमा विवाह गरे ।

अभिनेता मिथुन चक्रवती र अभिनेत्री श्रीदेवीको विवाहका सम्बन्धमा मिडियामा विभिन्न खालका चर्चाहरु भएका थिए । तर यसकुराको पुष्टि त्यस बेला भयो जब मिथुन चक्रवर्ती स्वयमले एक म्यागेजिनको कुराकानीका क्रममा खुलासा गरेका थिए ।

तर सारा बलिउड त्यतिबेला आश्चर्यमा पर्‍याे जुनबेला अभिनेत्री श्रीदेवीले बोनी कपूरका साथ विवाह गरेका कुरा सार्वजनिक भयो । अभिनेत्री श्रीदेवीले मिथुनका साथ विवाह गरे पनि उनी बोनी कपूरको सन्तानको आमा बन्न लागेको खबर थाहा पाएपछि बोनी कपूरले उनकी पहिलो पत्नीका साथ सम्बन्धबिच्छेद गरेर श्रीदेवीका साथ गुपचुप रुपमा विवाह गरेका थिए ।

अभिनेता विनोद मेहरा र अभिनेत्री रेखाले पनि एक समयमा विवाह गरेका थिए । तर यस विवाहका बारेमा यि दुबैका परिवार तथा अरु कसैलाई थाहा थिएन । विनोद मेहराले एक समयमा आफूले विवाहको कुरा स्वीकार गरे तर पछि उनले समेत विवाहको खबर गलत भएको भन्दै अस्वीकार गरिदिएका थिए । 

अभिनेत्री जुही चावलाले लामो समयसम्म जय मेहतालाई केवल एक असल साथी मात्रै रहेको बताउदै आएकी थिइन । तर यि दुवै श्रीमान श्रमती हुन भन्ने कुरा लामो समयपछि मात्रै थाहा भयो । जुही चावला र जय मेहताले गुपचुप रुपमा विवाह गरेका थिए ।

अल्पायुमै संसारलाई त्यगी सकेकी अभिनेत्री दिव्या भारतीले बलिउड फिल्म निर्माता साजिद नाडियाडवालाका साथ विवाह गरेकी थिइन । तर यस बारेमा उनीहरुका नजिकका साथीहरु बाहेक कसैलाई थाहा थिएन । दिव्या भारती र साजिदले पनि गोेप्य रुपमा विवाह गरेका थिए ।  

अभिनेता शम्मी कपूर बलिउडमा नाम चलेको कपूर खानदानका हुन । तर उनले अभिनेत्री गीता बालीका साथ लुकेर विवाह गरेका थिए । घर परिवारको अस्विकृति पछि यि दुबैले लुकेर विवाह गरेका थिए ।

भारतको पटौदी खानदानका सैफ अली खान उनी भन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहको प्रेममा डुबेका थिए । तर सैफको यो इच्छा उनका परिवारका लागि स्वीकार्य थिएन । यही कारण सैफ अली खानले कसैलाई केही नभनी गुपचुप रुपमा अमृताका साथ विवाह गरे । 

अभिनेता अमिताभ बच्चन र अभिनेत्री जया भादुडीले गुपचुप रुपमा विवाह नगरे पनि यि दुईको विवाहमा केही व्यक्तिहरुमात्रै उपस्थित थिए । बच्चनको विवाहको खबर बलिउडमा कसैलाई पनि थाहा थिएन । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया