जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सस्तो मूल्यमा जग्गा बेच्न नमानेपछि दाङको भालुबाङमा गएको जेठमा अर्घाखाँचीकी दीलमाया पुनलाई कुटपिट गर्ने दुई महिला सजाय काटेर छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङको निर्णय अनुसार उनीहरुले ६ महिना कैद र प्रतिव्यक्ति २५ हजार रुपैयाँ जरिवाना र औषधी खर्च तिरेर छुटेका हुन् । अर्घाखाँचीको शितगंगा नगरपलिका—९, ठाँड खोलाकी ३९ वर्षीया दीलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका—१, का रेखा गुप्ता र अनिता गुप्ता सजाय पूरा गरेर छुटेको कारागार कार्यालय तुलसीपुरले जनाएको छ ।
उनीहरुले ६ महिना कैद, जरिवाना र औषधी तिरेपछि छुटेको कारागार प्रमुख जोखिम वलीले जानकारी दिनुभएको छ । अनिता र रेखाले गएको जेठ २५ गते भालुबाङको निर्माणाधीन बसपार्कमा दीलमायामाथि कुटपीट गरेका थिए ।
उनीहरुले दीलमाया पुनको औषधी उपचारमा लागेको १५ हजार ६ सय ४० रुपैयाँसमेत जिल्ला प्रशासन कार्यालयमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
उनीहरु घटना भएको दुई दिनपछि जेठ २७ गते इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका दुई महिलाविरुद्ध महिला हिंसा गरेबापत ६ महिना कैद, २५ हजार जरिवाना र औषधी खर्च भराउने सजाय तोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।