छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सल्यानको कपुरकोटमा रहेको वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा १६ जनाको निधन भएको छ ।
बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा १६ जनाको निधन भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घटनास्थलमै १६ जनाको निधन भएको तुलसीपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष विजय बिकले जानकारी दिनुभयो ।
यही वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको शिक्षालयका प्रध्यानाध्यापक यादव सुवेदीले जानकारी दिनुभयो ।
शिक्षालयले यही वर्ष सीटीईभीटीको आंगिक कलेजको रुपमा मान्यता पाएको थियो । शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा रहेको छ । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रबार कपुरकोट गएको सुवेदीले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललगायत सुरक्षा प्रमुखको सहभागिता रहेको वडाध्यक्ष बिकले जानकारी दिनुभएको छ । घटनामा घाइते भएका सातजनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने तीनजनालाई नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा जुम्ला जिल्ला तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउँँपालिका ३ का १६ वर्षका कुशेन्द्र खत्री, दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिकाका १८ वर्षका बिक्रम भण्डारी, रुकुम जिल्ला त्रिबेणी गाउँपालिका–३, का १६ वर्षका प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९, स्युजाकी १७ वर्षीया मेनुका रिजाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका–२, का १७ वर्षका जीवन भण्डारी, जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका ४ कि १६ वर्षीया पर्शा रोकाया, अछाम जिल्ला मंलगसैन नगरपालिकाका १९ वर्षका युवराज ढुंगाना, रुकुम जिल्ला सानोभेरी गाउँपालिका–३, कि १६ वर्षीया रोजिना पुन घाइते रहेको प्रहरीले जनाएको छ ।
मृतकको भने सनाखत भैसकेको छैन । घाइतेहरुको उद्धार भई उपचारका लागि अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।