छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ – सल्यानको कपुरकोटमा रहेको वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा १६ जनाको शव फेला परेको छ । थप पाँचजनाकाे शव पिन भेटिएकाे छ । अझै ६ जना हराइरहेका छन् ।
बा ४ ख ९७६६ नम्बरको बस तुलसीपूर उपमहानगरपालिका राम्रीमा दुर्घटना भएको हो । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको शिक्षालयका प्रध्यानाध्यापक यादव सुवेदीले जानकारी दिनुभएको छ ।
दुर्घटनास्थलमा तीन महिला र १३ पुरुष गरी १६ जनाको शव राप्ती अञ्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा थप पाँच जनाको शव भेटिएको छ । योसँगै मृतकको संख्या २१ पुगेको छ ।
दुर्घटनास्थलमा पाँच महिला र १० पुरुष गरी १५ जना घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याइएको प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीमा रहेको कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ राम्रीमा दुर्घटना हुँदा २० जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताउनुभयो ।
प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक र ड्राइभर गरी जम्मा ३७ जना रहेका थिए । उद्दार कार्य अहिले पनि चलिरहेको छ । राति १० बजेसम्ममा १६ जनाको शव दुर्घटनास्थलबाट निकालेर राप्ती अञ्चल अस्पलातमा पोस्टमार्टमका लागि पुर्याइएको तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाएको १६ जनामध्ये १२ जनाको स्थानीयवासीले नै उद्दार गरेका हुन् ।
विकले दुर्घटनास्थलमा अरु ५ वटा शव फेला परेको बताउनुभयो । ‘खोजी कार्य जारी छ, १६ जनाको शव अस्पताल पठाइएको छ, अरु ५ वटा शव दुर्घटनास्थलमा फेला परे पनि उद्दार गर्न सकिएको छैन,’ विकले भन्नुभयो, ‘अँध्यारो छ, अप्ठ्यारो भएकाले पनि उद्दारमा समस्या भएको हो ।’
विकले गाडीको इन्जिनले केहीको शव किचेको जानकारी दिनुभयो । ‘गाडीको चेसिसभन्दा तल पनि शव देखिन्छ, निकाल्न सकिएको छैन,’ वडा अध्यक्ष विकले भन्नुभयो, ‘माथिको भागमा चाहिँ जता–जतै मोबाइलको रिङटोन बज्छ, घाइते र मृतकको खोजी त्यहीअनुसार पनि गर्नुपर्यो ।’
घाइतेहरुको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा जुम्ला जिल्ला तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउँपालिका ३ का १६ वर्षका कुशेन्द्र खत्री, दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिकाका १८ वर्षका बिक्रम भण्डारी, रुकुम जिल्ला त्रिबेणी गाउँपालिका–३, का १६ वर्षका प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९, स्युजाकी १७ वर्षीया मेनुका रिजाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका–२, का १७ वर्षका जीवन भण्डारी, जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका ४ कि १६ वर्षीया पर्शा रोकाया, अछाम जिल्ला मंलगसैन नगरपालिकाका १९ वर्षका युवराज ढुंगाना, रुकुम जिल्ला सानोभेरी गाउँपालिका–३, कि १६ वर्षीया रोजिना पुन घाइते रहेको प्रहरीले जनाएको छ ।
जिल्ला दाङ घोराही उपमहानगरपालिका १४ बस्ने १८ वर्षका संजय खनाल, जिल्ला रुकुम अर्मा बस्ने १९ वर्षका राजन डाँगी, जिल्ला अछाम मंगलसैन नगरपालिका ५ बस्ने भद्र बिष्ट, जिल्ला रोल्पा घर भएका १७ वर्षका प्रकाश वली, नामथर वतन नखुलेका १६–१७ वर्षका व्यक्ति घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको भने सनाखत भैसकेको छैन । घाइतेहरुको उद्धार भई उपचारका लागि अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनास्थलमा ६ जना हराइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीलगायतले उद्धार कार्यलाई जारी राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।